![]()
सप्तरी । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मुलुकमा आएको परिवर्तन अधुरो र अपूर्ण रहेको बताएका छन् । सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले चाहेको परिवर्तन अझै पूरा हुन नसकेको बताए ।
यादवले संघीयता कार्यान्वयनका लागि विभिन्न कार्यहरु भइरहँदा संघीय गणतन्त्रमाथि बारम्बार प्रहार भइरहेको जिकिर गरे । उनले संघीय गणतन्त्र नेपालमा जे–जति परिवर्तन भएको छ, त्यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
‘अधुरो र अपूर्ण परिवर्तन’लाई पूरा गर्नका लागि आफूहरुको राजनीतिक लडाइँ पनि जारी नै रहने उनको भनाइ थियो ।


