Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अमेरिका उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका विषयमा प्रतिबद्ध : विदेश मन्त्री पोम्पे

Loading

बीबीसी । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेले अमेरिका उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका विषयमा प्रतिबद्ध रहेको बताएका छन् । पोम्पेओले सोलमा भएको वार्ताको अर्को दिन शनिवार पत्रकारसँग भनेका छन कि उत्तर कोरियाको परमाणु निशस्त्रीकरणलाई लिएर अमेरिका पुरै दृढ छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवत्ता हीथर नार्टले उत्तर कोरियाको निशस्त्रीकरणलाई लिएर अमेरिकाको सोचमा कुनै परिवर्तन नआएको बताइन् ।

नार्टले पोम्पेओ तीन मूल लक्ष्य हासिल गर्नका लागि बहुतै दृढ भएको र त्यसमा परमाणु निशस्त्रीकरण , सुरक्षाको भरोसा तथा १९५० देखि ५३ सम्म कोरियाली युद्दमा मारिएका अमेरिकी नागरिकको अस्तु फिर्ता शामिल छन् ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान पुगेका थिए ।

शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गरेका थिए ।

यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका थिए । त्यसपछि उनी दक्षिण कोरिया गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.