![]()
बीबीसी । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेले अमेरिका उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका विषयमा प्रतिबद्ध रहेको बताएका छन् । पोम्पेओले सोलमा भएको वार्ताको अर्को दिन शनिवार पत्रकारसँग भनेका छन कि उत्तर कोरियाको परमाणु निशस्त्रीकरणलाई लिएर अमेरिका पुरै दृढ छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवत्ता हीथर नार्टले उत्तर कोरियाको निशस्त्रीकरणलाई लिएर अमेरिकाको सोचमा कुनै परिवर्तन नआएको बताइन् ।
नार्टले पोम्पेओ तीन मूल लक्ष्य हासिल गर्नका लागि बहुतै दृढ भएको र त्यसमा परमाणु निशस्त्रीकरण , सुरक्षाको भरोसा तथा १९५० देखि ५३ सम्म कोरियाली युद्दमा मारिएका अमेरिकी नागरिकको अस्तु फिर्ता शामिल छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान पुगेका थिए ।
शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गरेका थिए ।
यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका थिए । त्यसपछि उनी दक्षिण कोरिया गएका हुन् ।


