![]()
विराटनगर । नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाएको यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको हो ।
बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि अपनाई तटबन्ध निर्माण गर्दा बाढी आउँदा जमीन कटान रोकिएको छ । उपभोक्ताको सहयोगमा निर्माण गरिएको यो प्रविधिमार्फत तटबन्ध निर्माण पश्चात् गाउँघरका उब्जनी हुने खेताबारी संरक्षण भई किसान सकुम्वासी हुनबाट जोगिएका छन् ।
मोरङको बक्राहा , चिसांङ, लोहन्द्रा, केशलिया तथा सिंगिया खोलामा पकोपाइन प्रविधिसंँगै तारजाली गरेर तटबन्धको कामलाई समेत तीव्रता दिएको छ । पूर्वी मोरङको बक्राहा खोलामा तारजालीसहित प्रकोपाइन विधि अपनाएपछि कटान रोकिएको छ ।


