Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेकपाद्वारा पार्टी नियमावली टुंग्याउन तीन सदस्यीय कार्यदल गठन

Loading

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवासबालुवाटारमा बसेको सचिवालय बैठकले नेताहरु वामदेव गौतम, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल सम्मेलित कार्यदल गठन गरेको हो ।

नेकपाको प्रस्तावित विधानमा अनुशासन आयोगलाई कमजोर बनाएको भन्दै नेताहरुले आलोचना गरेका थिए । बिहीबार बसेको स्थायी समिति बैठकले नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको थियो ।

कार्यदललाई तीन दिनको सयम दिइएको छ । मंगलबार बस्ने सचिवालय बैठकले नियमावली पारित गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.