![]()
एजेन्सी । फ्रान्स विश्वकप फुटलबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो ।
फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
फ्रान्ससँग पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरिएको छ ।


