Breaking News.... EverestOnlineKhabar
October 2, 2026

डा.गोविन्द केसीको जीवन रक्षा माग गर्दै कांग्रेसद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Loading

काठमाडौ,असार ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। सांसद दिलेन्द्रप्रसाद बडुले प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावको समर्थकमा पार्वता डिसी चौधरी र अतहर कमाल मुसलमान छन्।
प्रस्तावक बडुले सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा यसअघिको अध्यादेशका सबै कुरा समेट्न र त्यसैका लागि अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न प्रस्ताव दर्ता गराएको जानकारी दिए। संसद बैठक दिउँसो १ बजे बोलाइएको छ। सभामुख कृष्णबहादुर महराले प्रस्ताव आजै अघि बढाउने बताएको पनि सांसद बडुले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed