Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रविधि विकासका लागि नीति तथा कानून परिमार्जन

Loading

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि उद्योगको विकास तथा प्रवद्र्धनका लागि सरकारले आवश्यक नीति, कानून परिमार्जन गरी लगानी प्रर्वद्धन र प्रोत्साहन गर्दै जाने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा  आयोजित ‘सूचना तथा सञ्चार प्रविधिमा आधारित व्यवसाय प्रवद्र्धन’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सूचना तथा प्रविधिको विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले मन्त्रालय निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छ भन्नुभयो ।

सो अवसरमा सूचना प्रविधिमा जनशक्ति विकास, सूचना प्रविधि उद्योगलाई प्रोत्साहनस्वरुप कर छुटसम्बन्धी व्यवस्था, व्यवसाय दर्ता प्रक्रियामा सरलता, स्थानीय कम्पनीलाई प्रोत्साहन, ठूला सूचना प्रविधि उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको व्यवस्था, सस्तो तथा गुणस्तरीय इन्टरनेट सेवाको व्यवस्था, स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनलगायत विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.