![]()
बीबीसी । यमनमा भएको द्वन्द्वका कारण हालसम्म २ हजार २ सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ।
संयुक्त राष्ट्रसंघीय निकायले सार्वजनिक गरेको प्रतिवेदनमा ३ वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ। द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको प्रतिवेदनमा जनाइएको छ।
साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएका लडाइँमा परी यमनमा तीन वर्षमा झण्डै १० हजार जना मारिएका छन्। यमनमा सन् २०१५ देखि यो द्वन्द्व सुरु भएको हो। द्वन्द्वका क्रममा ३४ हजार बालबालिका घाइते भएको पनि राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
बालबालिका भोकमरीसँगै झाडापखालाजस्ता विभिन्न रोगको प्रकोपमा परेर दयनीय अवस्थामा रहेको पनि युनिसेफले जनाएको छ।


