![]()
बीबीसी । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जमानतमा रिहा भएका छन । उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो ।
उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरेको थियो ।
निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ। ६४ वर्षीय रजाकविरुद्ध सोही अभियोग दर्ता गरिने भएको छ।
भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उहाँको सत्तारुढ गठबन्धन पराजित भएको थियो।उनले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाएका थिए।
सोही कारण उनको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो।मोहम्मद हाल प्रधानमन्त्री कै हैसियतमा छन्।
निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहेकाका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो ।हालसालै सत्ताबाट बाहिरिएका रजाक करिब महिनादिन भित्रै भ्रष्टाचारको आरोप खेपिरहेका छन्। निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो।
सरकारी लगानीको एक कम्पनीमा उनको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएकोमा उहाँमाथि अनियमितताको प्रश्न उठाइएको छ।


