![]()
एजेन्सी ।अर्जेन्टिनाका पूर्व फुटबल खेलाडी म्यारोडोनाले आफनो देशको टिमका लागि बिना पारिश्रमिक प्रशिक्षक बन्न तयार भएको बताएका छन । बिश्वकप फुटबलमा खराब प्रदर्शन गरेपछि टिमको अवस्था सुधार्न आफू बिना पारिश्रमिक काम गर्न तयार रहेको उनले बताए ।
एक टेलिभिजनसंगको कुराकानीमा निकै भावुक हुँदै म्यारोडोनाले आफनो प्रशिक्षणमा टिमलाई पुरानै शक्तिशाली अवस्थामा फर्काउन सक्दो प्रयास गर्ने बताए । म्याराडोनाले टोलीको अहिलेको अवस्था देखेर आफूलाई पीडा भएको प्रतिक्रिया दिए ।
बिश्वकपबाट अर्जेन्टिना बाहिरिएपछि प्रशिक्षक साम्पोली अहिले दबाबमा रहेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । म्याराडोनाको यो प्रतिक्रियापछि उनलाई थप दबाब बढेको बताइएको छ ।


