Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कांग्रेसले तोड्यो माइतीघरको निषेधाज्ञा, प्रहरीसंग लामो समय धकेलाधकेल

Loading

काठमाडौं । नेपाली कांग्रेसले सरकारले निषेधाज्ञा जारी गरेको माइतीघर मण्डलबाट सरकारबिरुद्ध आन्दोलनको शंखघोष गरेको छ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा सरकारको कदम अधिनायकवादी भएको भन्दै प्रदर्शन गरिएको हो ।

कांग्रेसले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाइने सरकारको निर्णयको चर्को आलाृेचना गरेको छ । प्रदर्शनको क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो । धकेलाधकेलका क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.