Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरोः पहिरो हटाउन समय लाग्ने

Loading

चितवन,असार ।
पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक आज बिहानैदेखि अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । प्रहरीले आज बिहान ५ः३० बजेतिर पहिरो खसेको जनाएको छ । पहिरो अन्दाजी ५० मिटरभन्दा लामो छ ।

अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । प्रहरीका अनुसार, पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् । वर्षा शुरु भएसँगै यो सडकखण्ड हरेक दिनजसो पहिरोले अवरुद्ध हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.