![]()
काठमाडौं । पूर्व प्रधानन्याधीश सुशीला कार्कीले वर्तमान सरकार सामन्ती र शोसक भएको आरोप लगाएकी छन्। काठमाडौंमा डा. गोविन्द केसी समर्थकहरुले आयोजना गरेकाे पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताएकी हुन्।
उनले एउटा व्यक्ति आफ्नो परिवारलाई नभएर गरीब र दूर दराजका जनताको लागि लड्छ भने त्यस्तो व्यक्तिको विरोध गरी सरकार व्यापारी र मुनाफा कमाउनेको पक्षमा लाग्छ भने सरकार सामान्ती र शोसक प्रवृत्तीकाे हुने उनले बताइन्।
उनले भनिन् ‘गोविन्द केसी गरीबका छोरा छोरी र दूर दराजका जनताको लागि लडेका छन् के यो नाजाय हो? यदि माथेमा प्रतिवेदन विपरित व्यापारी र मुनाफामुखि चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्दै हुनुन्छ भने तपार्इ सामान्ती र शोसक हाे।’
उनले राजधानीको विभिन्न ठाँउमा शान्तिपूर्ण आन्दोलन गर्न रोक लगाइएकोमा समेत विरोध गरिन्। सोही पत्रकार सम्मेलनमा बोल्दै डा. केदार भक्त माथेमाले चिकित्सा शिक्षाको गुणस्तर पहुँचको कुरालाई वैज्ञानिक रुपमा उठाएर आफूहरुले प्रतिवेदन तयार पारेकाे समेत बताए।
उनले भने ‘हामीले चिकित्सा शिक्षाको गुणस्तर तथा पहुँच सवै जनता ले पाउन् भन्ने आधारमा प्रतिवेदन तयार गरेका थियौं, काठमाडौंमा धेरै मेडिकल कलेजहरु भएकाले १० बर्ष सम्म यहाँ नयाँ कलेज खोल्न नहुने, क्षेत्रीय सन्तुलन मिलाउन पनि उपत्यका बाहिर मेडिकल कलेज खोल्नु पर्ने जस्ता कुरा प्रतिवेदनमा उठाइएको थियो।’
प्रतिस्थापन गर्न लागिएको चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनको मर्म र डा .केसी संग भएका सम्झौता विपरित रहेकाे अधिवक्त्ता ओमप्रकाश अर्यालले बताए।


