![]()
काठमाडौं ।काठमाडौँ महानगरपालिकाका ७ सार्वजनिक स्थानमा इन्टरनेट जडान गरिएको छ। जडित इन्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्।
सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रलगायतमा निःशुल्क इन्टरनेट जडान गरिएको छ। सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको हो।
हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले उक्त स्थानमा यसअघि जडान गरिएका भन्दा तिव्र गतिको इण्टरनेट राख्ने तयारी गरिएको छ । अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इण्टरनेट राखिएको छ।


