![]()
काठमाडौं। विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलय बन्द भएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा बारम्बार बताउँदै आएका छन । तर संसदको माथिल्लो सदन राष्ट्रिय सभाका एक जना सदस्यले उक्त कार्यालय अहिले पनि यथावत रहेको र कार्यक्षेत्र झनै विस्तार गरिएको जानकारी सदनलाई गराएका छन्।
सत्तारुढ दलकै राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेलले सोमबारको बैठकको विशेष समयमा बोल्दै उक्त कार्यालय यथाबत रहेको जानकारी गराएका हुन ।
‘अहिले पनि त्यो कार्यलय विराटनगरमा सञ्चालन भइरहेको छ। त्यति मात्रै होइन त्यहाँका अधिकारीहरु बाढी प्रभावित क्षेत्रको निरक्षण र रेल्वेमा यसको आवश्यकता छ भन्दै यो कायम रहन्छ भन्ने कुरो उनीहरुले प्रचारित गरिरहेका छन्,’ प्याकुरेलले भने,‘यतातिर नेपाल सरकारको ध्यान जाओस् भन्ने आग्रह गर्नु चाहन्छु।’


