Breaking News.... EverestOnlineKhabar
May 11, 2026

लिबियामा भएको डुंगा दुर्घटनामा १०० जनाको मृत्यु भएको आशंका

Loading

बीबीसी । लिबियामा एक सयभन्दा बढी आप्रवासी सवार डुंगा डुबेको छ। घटनामा कम्तिमा एक सय जनाको मृत्यु भएको आशंका गरिएको छ।

 लिबिया नौसेनाका प्रवक्ता अयूब कासेमले नौसेनाले तीन बच्चाको शव भेटेको र १६ जनालाई उद्धार गरेको बताएका छन्। उनले डुंगा रबरको रहेको र क्षमताभन्दा बढी मानिस चढेकाले डुबेको बताएका छन्।

डुंगा दुर्घटनाबाट उद्धार गरिएका एक पीडितका अनुसार, डुंगामा अफ्रिका र अरब देशका करिब एक सय २५ जना सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.