![]()
काठमाडौं । काठमाडौंको नागढुंगाबाट ३ किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट कञ्चनपुरको मेहेन्द्रनगर हुँदै भारत जान लागेको युके ०२४६८४ नम्बरको कारबाट सो परिमाणको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो ।
थानकोटमा महेन्द्रनगर घर भएका ३० वर्षीय मनोज विक र भारत घर भएका दीपक कुमार मौडेलाई सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु तीन दिनअघि नेपाल आएका थिए । नेपालबाट सुन लिएर भारत जाने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय चीनबाट नेपाल हुँदै भारतमा सुन लैजाने गिरोहलाई प्रहरीले पक्राउ गरिरहेको छ । यो घटनाबाट सुन तस्कारबारे केही थप सूचना पाउन सकिने प्रहरीको भनाइ छ ।


