Breaking News.... EverestOnlineKhabar
September 7, 2026

काठमाडौं माइतीघरमा प्रदर्शन गर्ने विवेकशीला साझाका संयोजक उज्वलसहित ९ जना नियन्त्रणमा

Loading

काठमाडौं । प्रहरीले माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ९ जनालाई नियन्त्रणमा लिएको छ । पार्टीका संयोजक उज्ववल थापासहितलाई नियन्त्रणमा लिइएको हो ।

विवकेशील साझा पार्टीका अर्का संयोजक रविन्द्र मिश्रले भने, ‘बिनाकारण शान्तिपूर्णरुपमा विरोध गर्न पाउने अधिकार कुन्ठित गर्नु अधिनायकवादी चरित्रको प्रारम्भिक संकेत हो । ’

शनिबार दिउँसो माइतीघर मण्डलामा सो पार्टीले निषेधित क्षेत्रको घोषणा अवज्ञा गरेको थियो । पार्टीका नेता कार्यकर्ताले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

सरकारले विरोध प्रदर्शनका लागि ७ वटा स्थान तोकेर अन्तय यस्तो कार्य गरेमा कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.