Breaking News.... EverestOnlineKhabar
June 4, 2026

काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न प्रतिबन्ध, त्यही केटी चाहिन्छ भन्ने जस्तो व्यवहार नदेखाउन डा. केसीलाई चेतावनी

Loading

काठमाडौँ  । सरकारले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयमा  आयोजित पत्रकार सम्‍मेलनमा गृहमन्त्री रामबहादुर थापाले अब माइतीघरमा कुनै पनि व्‍यक्ति वा संघसंस्थाले प्रदर्शन गर्न नपाउने जानकारी दिए।

गृहमन्त्रालयका अनुसार अब काठमाडौँमा खुलामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर, भुइँखेल चौर, भगवान पाउ, पेप्सीकोला, खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाज कल्याण परिषदअगाडिको खुल्ला स्थान र सिफल चौर गौशालामा मात्रै प्रदर्शन गर्न पाईनेछ।

यस्तै भक्तपुरको एक ठाउँमा मात्रै प्रदर्शन गर्न पाइने भएको छ। भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा मात्रै प्रदर्शन गर्न पाइने नियम बनाइएको छ।

यता,ललितपुरमा च्यासलको खेल मैदान, गोदाबारी बसपार्क नजिकैको खाली ठाउँ, भैंसेपाटी छयासीकोटको खुला ठाउँ, बज्रबाराही मन्दिर गेट नजिकको खुला ठाउँ, लुभु ससमु चौर लामाटार र धोबीघाट नजिकै मलपोखरीको खुला स्थानमा मात्रै प्रदर्शन गर्न पाईनेछ।

विरोध प्रदर्शनका कार्यक्रमको पूर्व जानकारी भएमा उक्त स्थानमा सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको जनाइएको छ।

पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले डा. गोविन्द केसीलाई मलाई त्यही केटी चाहिन्छ भन्ने जस्तो व्यवहार नदेखाउन चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed