![]()
काठमाडौं । सरकारले यही अषाढ १५ गते १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव भव्यताका साथ मनाउने तयारी गरेको छ । ‘धान उत्पादनमा वृद्धि गर्न’ आह्वान गर्दै सदा झैं यस वर्ष पनि सरकारले असार १५ गते १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव भव्य रुपमा मनाउने तयारी गरेको हो ।
मुलुकको समृद्धिमा समेत योगदान दिने गरी भव्यताका साथ मनाउन लागिएको कृषि विभागका महानिर्देशक एवम् १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मूल समारोह समितिका अध्यक्ष सुर्यप्रसाद पौडेलले जानकारी दिए । दिवसको अवसरमा धानको उत्पादन वृद्धिका लागि आवश्यक प्रविधिहरुको बारेमा विस्तुत जानकारी दिने दावी गरिएको छ ।
सरकारले १५ गते धान दिवसका दिन काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित वडा नम्बर ३ मा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।कृषि प्रधान देश नेपालमा हाल पनि वार्षिक २५ अरव भन्दा बढि रुपैयाँको धान निर्यात हुने गरेको छ ।

