Breaking News.... EverestOnlineKhabar
October 3, 2026

१० बर्ष कान्छा प्रेमीसंग प्रियंकाको रोमान्स, बिहेको तयारी

Loading

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा  अमेरिकन गायक तथा अभिनेता निक जोनससँगको प्रेम सम्बन्धमा छिन्। सुन्दर नायिका प्रियंका देश बिदेश शयर गर्दै प्रेमीसंगको रोमान्समा व्यस्त छिन । यसै क्रममा प्रेमी जोनस प्रियंकालाई भेट्न उनी केही दिनअघि भारत आइपुगेका छन्। केही महिनादेखि एकसाथ देखिन थालेको यो जोडी यतिबेला भारतको गोवामा छुट्टी मनाइरहेकोे भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। उनीहरुको बिहेको बारेमा समेत चर्चा हुन थालेको छ।

बिहेको मामलामा अभिनेत्री प्रियंकाभन्दा बढी जोनस नै बढी हतारोमा रहेको समेत सञ्चारमाध्यमले जनाएका छन्। जोनस प्रियंकाको विषयमा निकै सिरियस छन्। यसअघिकी गर्लफ्रेन्डभन्दा प्रियंका निकै समझदार भएको र उनीहरुबीच सम्बन्ध सुमधुर बन्दै गएकाले जोनस प्रियंकाको परिवारसँग सम्बन्ध विस्तार गर्न हतारोमा छन्।

झाँगिदो प्रेम सम्बन्धकै कारण प्रियंकाले प्रेमी जोनसलाई आफ्नी आमा मधु चोपडासँग भेट गराइसकेकी छन्। जोनस प्रियंकाभन्दा १० वर्ष कान्छो छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed