![]()
काठमाडौ,असार ।
निजी स्कुल तथा कलेजमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारलाई दबाब दिँदै आएको संयुक्त विद्यार्थी संगठनले शैक्षिक आम हडताल गर्ने लगायत दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्ध विद्यार्थी संगठनहरुले यही असार २०, २१ र २२ गते तीन दिन शैक्षिक आम हडताल गर्ने लगायतका आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन ।
कार्यक्रम अनुसार असार ११ गतेदेखि १६ गतेसम्म प्रधानमन्त्री, मन्त्री, नेताहरुसँग भेटगरी आफूहरुको माग सम्बोधन गराउन पहल गर्ने, १७ गते काठमाडौंको प्रर्दशनी मार्गमा सडक कक्षा संचालन गर्ने, १८ गते काठमाडौंको माईतीघर मण्डला र देशका सम्पूर्ण जिल्लाको सदरमुकाममा आँखामा कालोपट्टी बाँधि सिटी जुलुस निकाल्ने तय गरिएको छ । आफुहरुको माग सम्बोधन गराउन आम शैक्षिक हडतालसहितको आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्नु परेको विद्यार्थी संगठनले जनाएका छन् । उनीहरुले शिक्षा क्षेत्रमा बजेटको उचित व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन ।


