![]()
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले गर्ने तय भएको सम्बोधन स्थगित भएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल चलिरहेकाले सोमबार दिउँसो २ बजेका लागि तय भएको सम्बोधन भोलिलाई सारिएको हो ।
यसअघि मित्रराष्ट्र चीनको ६ दिने भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।


