![]()
बुटवल,असार ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा सडक आन्दोलन गरिरहेको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले मूलइबृद्धि फिर्ता लिन दवाव स्वरुप प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले सिमा क्षेत्रमा हुन सक्ने पेट्रोलियम पदार्थको तस्करी रोख्न नसक्नुको कारण पनि सरकार पेट्रोलियम पदार्थको मुल्य वढाउन वाध्य भएको बताएका थिए । नेविसंघका महामन्त्री सरोज थापाले जनताको चाहना बमोजिम आम उपभोक्ताको मर्का वुझेर पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध आन्दोलन आएको स्मरण गर्दै पेट्रोलियम पदार्थमा सब्सिडी दिएर भएर होस वा पेट्रोलियम पदार्थमा लगाइने करमा भारी कटौती गरेर भए पनि सरकार पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने बताउनुभयो ।
महामन्त्री थापाले नेपाल आयल निगममा भईरहेको चुहावट,अपारदर्शी क्रियाकलाप र सिन्डिकेटको अन्त्य गर्न पनि नेविसंघको आन्दोलन केन्द्रीत रहेको बताउनुभयो । ज्ञापनपत्र वुझाउने उक्त कार्यक्रम केन्द्रिय सदस्य टंक पाण्डे, जिल्ला सभापतिहरु र क्याम्पस सभापतिहरुको उपस्थिति थियो । कार्यक्रमका अन्य सहभागिहरुले कम मुल्य निर्धारण हुदा सिमा क्षेत्रमा हुन सक्ने पेट्रोलियम पदार्थको तस्करी रोक्न सरकार असफल भएको आरोप लगाएका थिए । उनीहरुले सिमा क्षेत्रमा भईरहेको इन्धन तस्करी तत्काल रोक्न पनि माग गरेका छन् ।


