![]()
काठमाडौं । बजेटमाथि असहमति जनाउँदै सत्ता पक्षकै सांसद हृदयेश त्रिपाठीले संसदमै मौन धारण गरेका छन्। सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका त्रिपाठीले सदनमै मौनधारण गरेर असन्तुष्टी व्यक्त गरेका हुन ।
प्रतिनिधि सभाको बैठकमा शून्य समयमा उखु किसानको समस्याबारे बोलेपछि त्रिपाठीले बजेटमाथिको छलफलमा आफु मौन बस्ने बताए। एक मिनेटको समयमा उखु किसानको समस्यामाथि बोलेका त्रिपाठीले बाँकी समय मौन धारण गरे । संसद बैठकअघि सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यलयबाट त्रिपाठी आक्रमक मुद्रामा बाहिरिएका थिए।
नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका त्रिपाठी राजपामा उचित पद नपाएपछि एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लडेका थिए । पछिल्लो समय त्रिपाठी नेकपाबाट असन्तुष्ट रहँदै आएका छन्।


