Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरो(एनसिबी)ले  २ सय १३ किलो चरेससहित भारतीय भारतीय नागरिकलाई पक्राउ गरेको छ । डब्लु बी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा धादिङबाट काठमाडौं ल्याउँदै गरिएको अवस्थामा लागूऔषध बरामद परेको हो।

 प्रहरीले ट्रकका चालक २५ वर्षीय मेगराज आलमलाई पनि पक्राउ गरेको छ। तर, अन्य कारोबारी गिरोहलाई पक्राउ गर्न सकेको छैन। ट्रकबाट साढे २ केजी अफिमसमेत बरामद भएको प्रहरीले जनाएको छ।

ट्रकमा फल्स बटम बनाइ चरेश र अफिम भारतमा तस्करीको प्रयास भएको थियो। यसअघि पनि पटक पटक आफुले नेपालमा भारतमा लागूऔषध तस्करी गरेको चालक आलमले बताउका छन्।

उक्त ट्रकमा मकै लगायत सामान हेटौंडामा ल्याइएको थियो। हेटोंडाबाट धादिङ पुगी लागूऔषध लोड गरेर काठमाडौं ल्याइएको थियो। काठमाडौं हुँदै भारत जाँदा प्रहरीलाई शंका नहुने भएकाले चरेश काठमाडौं ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed