Breaking News.... EverestOnlineKhabar
June 28, 2026

पश्चिम भारतमा सडक दुर्घटनाः ७ जनाको मृत्यु,दुई दर्जन बढी घाइते

Loading

नयाँदिल्ली,असार ।
पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी जनाएको छ ।
अम्रेली जिल्लाको भावननगर–सोमनाथ राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्घटना भएको थियो । सो दुर्घटनामा सात व्यक्तिको घटनास्थलमा मृत्यु भएको र यस घटनामा घाइते भएका २४ जनालाई नजिकैको अस्पतालमा लगिएको छ ।
घाइते मध्ये पाँचको अवस्था चिन्ताजनक भएको बताइएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा तिव्र गतिमा चलाइएको सो ट्रकको चालकले नियन्त्रण गुमाएपछि एक पुलमा दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.