![]()
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन । । उनले भने,‘नेपालले आँफै रेल निर्माण गर्न सक्दैन्, हाम्रा आफ्नै आन्तरिक आवश्यकत्ताहरु धेरै छन्, ती आवश्यकत्ताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं, किनकी हामी ऋण तिर्न सक्दैनौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समिक्षा गर्न आयोजित साक्षात्कारमा बोल्दै नेता महतले ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु केहीपनि नभएको जिकिर गरे । उनले भने,‘रेलको सम्झौता नयाँ होईन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरुपनि भएका थिए, हुन त नेपालमा रेल आउनु राम्रो हो, तर कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो, यसको लागि लगानी ठूलो लाग्छ, झण्डैझण्डै हाम्रो नेपालको एक वर्षको पुँजीगत खर्चभन्दा धेरै लाग्छ, त्यसैले हामीले अहिले आन्तरिक प्राथमिकताहरुमा नै बढि जोड दिनुपर्छ।’
नेता महतले चीनसँगमात्रै नभएर भारतसँग पनि रेल बनाउनेबारे नेपालले दुवै नेतृत्वलाई अनुदानमा बनाउन आग्रह गर्नुपर्ने सुझाव दिए । उनले भने,‘यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनको लागि आग्रह गर्नुपर्छ, नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन्।’ दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा पनि सक्षम भएकोले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाई छ ।
चीनसँग पनि नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै नेता महतले प्रधानमन्त्री ओलीको यो भ्रमणको क्रममा नेपालमा उत्पादित भएका र चीनबाट माँग भएका सिमित वस्तुहरु बिना भन्सार चीन निर्यात गर्नेबारे ठोस सहमति हुनुपर्दथ्यो भन्दै त्यसो हुन नसकेकोमा गुनासो पोखे ।


