Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

गोरखा ।  भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई नियन्त्रणमा लिएको छ ।

मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय आमा विधा विश्वलाई कुटपिट गरी घाइते बनाएका थिए । मदिरा सेवन गरेका राजेशले आमालाई कुटपिट गरेका थिए ।

शरीरका विभिन्न भागमा निलडाम भएकी विधाको मृत्यु सोही कुटपिटबाट भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed