Breaking News.... EverestOnlineKhabar
August 16, 2026

डिफेन्डिङ च्याम्पियन जर्मनी दबाबमा, ‘डु एण्ड डाई’ को अवस्थामा

Loading

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ मा जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्न विश्व विजेता जर्मनीले स्वीडेनलाई पराजित गर्नै पर्नेछ ।

रसियाको फिष्ट रंगशालामा नेपाली समयअनुसार आज राति ११ बजेर ४५ मिनेटमा जर्मनी र स्वीडेन प्रतिस्पर्धा हुँदैछ । जर्मनीले आफ्नो समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग १—० गोलको पराजय बेहोरेको थियो भने स्वीडेनले दक्षिण कोरियालाई १—० गोल अन्तरले पराजित गरेको थियो ।

 जर्मनीले स्वीडेनलाई पराजित गरेमा विश्वकपको अगाडिको यात्रा जारी रहने छ । तर जर्मनी स्वीडेनसँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ । यता, स्वीडेन भने जर्मनीलाई पराजित गरेमा विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.