Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा ‘आईसीटी अवार्ड-२०१८’ हुने भएको छ । आयोजकले आगामी भदौ १ गते तेस्रो संस्करणको आईसीटी अवार्ड हुने जानकारी दिएको हो ।

यसअन्तर्गत बेस्ट स्टार्टअप आईसीटी अवार्ड, बेस्ट प्रडक्ट आईसीटी अवार्ड, आईसीटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्डसहित नयाँ विधाका रूपमा डिजिटल गभर्नेन्स अवार्ड, आईसीटी आन्ट्रप्रेनियर अवार्ड र आईसीटी मिडिया अवार्ड समावेश गरिएको जानकारी आयोजकले दिएको छ ।

स्टार्टअप कम्पनी अवार्ड तीन वर्ष भित्रका आईटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आईसीटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आईटी प्रडक्टको प्रतिस्पर्धा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आईटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ ।

त्यस्तै आईसीटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई घोषणा गरिनेछ । आईसीटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ । आईसीटी मिडिया अवार्डमा कम्तीमा तीन वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरूले नोमिनेसन गर्नुपर्ने हुन्छ ।   अनलाइन रजिस्ट्रेसनका लागि आधिकारिक वेबसाइट र एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.