Breaking News.... EverestOnlineKhabar
October 3, 2026

अफगानिस्तानमा तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

Loading

 बीबीसी ।तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन्। अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारहरु समेत रहेको बीबीसीले जनाएको छ । युद्धविरामको अवधि सकिएपछि आक्रमक रुपमा प्रस्तुत भएका लडाकूहरूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन्।

लडाकूहरूले कान्दाहार प्रान्तको स्पीन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले एएफपीलाई जानकारी दिए।

अपहरणमा परेका ४३ जना मध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदार समेत रहेका छन् ।उनीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरु अपहरित भएको पुष्टी गरेको समाचारमा जनाइएको छ।तालिवानी लडाकूहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed