![]()
एजेन्सी,असार ।
२०१८ फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ को आजको पहिलो खेल ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार यी दुईबीच आज साँझ ५ः४५ बजे खेल हुँदैछ । पहिलो खेलमा आशा अनुसारको प्रदर्शन नसकेको ब्राजिल दोस्रो खेलमा आफ्नो स्वभाविक खेल देखाउन चाहान्छ। चार वर्षअघि उत्कृष्ट खेलेको कोस्टारिकाले पनि पहिलो खेलमा राम्रो सुरुवात गर्न सकेन। त्यसलै कोस्टारिकाको लक्ष्य बलियो ब्राजिलबिरुद्ध सवै शक्ति खर्च गर्ने हुनेछ।
पहिलो खेलमा ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोकेको थियो। कोस्टारिकालाई भने सर्वियाले पराजित गरेको थियो।
स्विट्जरल्यान्ड विरुद्धको खेलमा ब्रजिलको फिनिसिङ चुस्त थिएन। उक्त खेलमा स्टार फरवार्ड नेइमार घाइते हुँदा ब्राजिलियलमा टिममा निराशा छाएको थियो। तर नेइमार अहिले प्रशिक्षणमा फर्किएका छन्। गोलिगाँठोमा समस्या भएका उनी शतप्रतिशत भने फिट छैनन्। जसले ब्राजिलको टिममा प्रभाव पार्नेछ।
कोस्टारिकाले सर्विया विरुद्ध एकनासको खेल पस्केको थियो। सर्वियाका कोलारोभले फ्रिकिङमा उत्कृष्ट गोल गरेपछि कोस्टारिकाको पक्षमा नजिता भने आउन सकेन। ब्राजिल दोस्रो खेलमा कोस्टारिकालाई हराएर ३ अंक लिने लक्ष्यमा छ। प्रशिक्षक टिटेले टिमबाट अझै रफ्तारको प्रदर्शन चाहेका छन। धैर्यपूर्वक खेलेर पाएका अवसर सदुपयोग गर्न सके ब्राजिलले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ।
जित हात पर्नु पर्ने अवस्थामा रहेको ब्राजिल दबाबमा छ। त्यसको फाइदा कोस्टारिकाले उठाउन सक्छ। कोस्टारिकाले यसअघिका विश्वकपमा बलियामा मानिएका टिमलाई हराइसकेको छ। त्यसैले ब्राजिल पछिल्लो सिकार नबन्ला भन्न सकिन्न। ब्राजिलले विश्वकपमा पछिल्लो ६ खेलमा लगातार गोल खाइरहेको छ। यो प्रदर्शन ब्राजिलको सन् १९९८ पछि सबैभन्दा खराब हो।
सम्भावित टिम
ब्राजिलः एलिन्सन, डानिलो, थियागो सिल्भा, मिरान्डा, मार्सेलो, कासिमेरो, पाउलिन्हो, फिलिप काउटिन्हो, विलियम, ग्राबियल जेसस र नेइमार
कोस्टारिकाः केलर नाभास, गिएनकार्लो गोन्जालेज, ओस्कार डुआर्टे, जोनी अकोस्टा, क्रिस्टियन गाम्बोआ, ब्रायन ओलभिइडो, डेभिड गुजम्यान, सेल्सो बोर्गेस, ब्रयान रुइज, क्रिस्टियन बोलानोस, मार्को उरेना


