Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बिश्वकप फुटबल : यी हुन बिहीबारको खेलमा हेर्न लायक खेलाडी

Loading

एजेन्सी । रसिया विश्वकप २०१८ अन्तर्गत बिहीबार पहिलो खेलमा साँझ ५:४५ बजे समूह सी मा रहेकोडेनमार्क र अष्ट्रेलिया भिड्दैछन् भने राती ८:४५ बजे यसै समूहकाफ्रान्स र पेरुबीच खेल हुनेछ। यस्तै राती ११:४५ बजे समूह डी मा रहेका अर्जेन्टिना र क्रोएसियाबीच खेल हुनेछ।

यी हुन बिहीबारको खेलमा हेर्न लायक खेलाडी

टिम काहिल, अस्ट्रेलिया

३८ वर्षिय टिम काहिल अस्ट्रेलियाका भेट्रान खेलाडी हुन्। अस्ट्रेलियाबाट १०६ खेलमा उनले ५० गोल गरेका छन्। उनी अस्ट्रेलियाका उच्च गोलकर्ता पनि हुन्। हाल मिलवालबाट व्यवसायिक फुटबल खेलिरहेका काहिल पेनाल्टी एरियाबाट हेडर प्रहार गर्ने खुबी राख्छन्। २००६, २००१०, २०१४ विश्वकपमा समेत काहिलले अस्ट्रेलिया टोलीका लागी राम्रो प्रदर्शन गरेका थिए। २००६ विश्वकपमा जापान विरुद्ध २ गोलगरी विश्वकपमा पहिलो गोल गर्ने अस्ट्रेलियाली खेलाडी बन्न उनी सफल रहे। मिलवाल, मेलवर्न सिटी, एभरटन लगायत चिनियाँ क्ल्बहरुबाट खेल्दै उनले १६८ गोल गरेका छन्।

क्रिस्टियन एरिक्सेन, डेनमार्क

डेनिस फुटबलर क्रिस्टियन एरिक्सेन प्रिमियर लिग क्ल्ब टोटनह्याम ह्टस्पर र डेनिस फुटबल टोलीका एट्याकिङ् मिड्फिल्डर हुन्। उनले डेनमार्कका लागी ७९ खेलमा २२ गोल गरेका छन्। २६ वर्षिय एरिक्सेन २०१४ विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। डेनमार्कमा उनलार्इ डेनमार्कका प्रख्यात खेलाडी माइकल लाउडरुप जस्ता प्रभावशाली खेलाडीसँग तुलना गर्ने गरिन्छ। विश्वकप छनौटमा ११ गोल गरी उनले आफ्नो टोलीलार्इ रसिया विश्वकप सम्म ल्याएका थिए। टोटनह्याम र अजाक्समा गरी उनले ८८ गोल गरेका छन्। क्रिस्टियन एरिक्सेन टोटनह्याम ह्टस्परबाट २०१३-१४ र २०१६-१७ का वर्ष खेलाडी बनेका थिए।

ओलिभर जिरुड, फ्रान्स

ओलिभर गजिरुड फ्रान्सका मुख्य गोलकर्ता हुन। २७ वर्षिय फरवार्ड खेलाडी गिरोडले फ्रान्सका लागी ७५ खेलमा ३२ गोल गरेका छन्। उनी स्ट्राइकरको भूमिकामा मैदानमा देखिन्छन्। २००८ बाट लिग टु मा ग्रेनोबलबाट व्यवसाहिक फुटबल सुरु गरेका गिरोड हाल प्रिमियर लिग क्ल्ब चेल्सीमा आबद्ध छन्। फ्रान्सका लागी ७५ खेलमा उनले ३१ गोल गरिसकेका छन्। आर्सनल, चेल्सी जस्ता क्ल्बबाट खेल्दै उनले २०१ गोल गरिसकेका छन्। ओलिभर गिरोड २०१७ को फिफा पुस्कास अवार्डबाट सम्मनित भएका थिए।

पाउलो गुएरेरो, पेरु

३४ वर्षिय पउलो गुरेर पेरु फुटबल टोली र ब्राजिलियन क्ल्ब फलामेन्गोमा स्टार स्ट्राइकरको भूमिकामा खेल्छन्। पेरुबाट ९० खेल खेलेका गुरेरोले ३५ गोल गरेका छन्। मे महिनासम्म उनले विश्वकप खेल्ने टुंगो लागेको थिएन। पेरु फुटबल टोलीका कप्तानसमेत रहेका गुरेरोलार्इ कोकिनको प्रयोगबाट डोपिङमा पोजिटिभ देखिएपछि १२ महिनाका लागी प्रतिबन्ध लगाएको थियो। पछि विश्वकपलार्इ मध्यनजर गर्दै उनको प्रतिबन्ध फुकुवा गरेको थियो। विभिन्न क्ल्बमा रही उनले २०८ गोल गरेका छन्। २०१५ मा भएको कोपा अमेरिकामा उनी उच्च गोलकर्ता बनेका थिए।

लियोनल मेसी, अर्जेन्टिना

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले रसिया विश्वकपको पहिलो खेलमा आइसल्यान्डविरुद्ध ६४ औँ मिनेटमा पाएको पेनाल्टी मिस गर्दा अर्जेन्टिना समूह डीको पहिलो खेलमा जितबाट वञ्चित भएको थियो। पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको थियो। खेपश्चात धेरैबाट आलोचित भएका मेसीले उक्त खेलको नतिजापछि केही असहज महसुस भएको प्रतिक्रिया दिएका थिए। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीमाथि आजको खेलमा सबैको नजर रहनेछ।

अर्जेन्टिनी फुटबल टोलीका कप्तान रहेका लियोनल मेसीमाथि आज क्रोएसियालार्इ पराजित गरी राउण्ड अफ १६ मा आफ्नो टोलीलार्इ पुर्‍याउनु पर्ने दबाब रहेको छ। ३० वर्षिय सुपरस्टार मेसीले अर्जेन्टिनाका लागी १२५ खेल्दै ६४ गोल गरिसकेका छन्। बार्सिलोनाबाट व्यवसाहिक फुटबल खेल्दै आएका मेसीले उक्त क्ल्बको विभिन्न उमेर समूहबाट खेल्दै ५६३ गोल गरेका छन्।

२०१४ विश्वकपको फाइनलसम्म पुगेको अर्जेन्टिनी फुटबल टोली जर्मनीसँग पराजित भएको थियो।  रोनाल्डोले रसिया विश्वकपमा देखाएको प्रभावशाली खेलबाट पोर्चुगललार्इ राउण्ड अफ १६ मा पुर्‍याएकोमा मेसीलार्इ पनि आफ्नो टोलीलार्इ विश्वकपका अघिल्लो चरणमा पुर्‍याउनु पर्ने दबाब रहनेछ।

लुका मोडरिक, क्रोएसिया

लुका मोडरिक क्रोएसियाली फुटबल टोलीका स्टार खेलाडी हुन्। क्रोएसियाका लागी १०७ खेलमा उनले १२ गोल  गरेका छन्। क्रोएसियाका कप्तान समेत रहेमका ३२ वर्षिय मिडफिल्डर हाल रियल मड्रिडबाट व्यवसाहिक फुटबल खेल्दै आएका छन्। लुका मोडरिकलार्इ विश्वकै उत्कृष्ट मिडफिल्डरका रुपमा लिने गरिन्छ। विभिन्न क्ल्बबाट फुटबल खेल्दै उनले ७४ गोल गरिसकेका छन्।

रसिया विश्वकपमा नाइजेरिया विरुद्धको आफ्नो पहिलो खेलमा लुका मोडरिकले ७१ मिनेटमा गोलगरी  क्रोएसियालार्इ २-० ले विजयी बनाएका थिए। आजको खेलमा अर्जेन्टिनालार्इ पराजित गर्दै क्रोएसियालार्इ राउण्ड अफ १६ मा पुर्‍याउन मोडरिकको नेतृत्वमा रहेको क्रोएसयाली फुटबल टोलीले थप परिश्रम गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.