Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

Loading

एजेन्सी,असार ।
अष्ट्रेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ । यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ ।
‘द अष्ट्रेलियन ह्युमान राइट्स कमिसन (एएचआरसी)’ ले सो अनुसन्धान सुरु गर्न लागेको बताइएको छ । बुधबारबाटै यो अनुसन्धान थालिएको उक्त कमिसनले जनाएको छ । सो कमिसनले भनेको छ– हामीले बुधबारबाटै यसको सुरुवात गरेका छौँ र यो एउटा ठूलो कदम हुनेछ ।
अष्ट्रेलियामा कार्यस्थलमै महिलाहरुमाथि यौनजन्य क्रियाकलाप हुने गरेका समाचारहरु आउने गरेका थिए । यस विषयमा सरकारले पनि ठूलो चासो व्यक्त गरेको थियो ।
सो अवस्थालाई एक अपराध मानेर त्यसको निराकरणको लागि आवश्यक उपायहरु सुझाउने उद्देश्यले उक्त मानवअधिकार कमिसनले यस विषयको अनुसन्धान थालिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.