Breaking News.... EverestOnlineKhabar
August 16, 2026

जारी विश्वकपबाट मोरक्को,साउदी अरेबिया र इजिप्ट बाहिरिए

Loading

एजेन्सी,असार ।
लगातार दोस्रो खेलमा जित निकाल्दै उरुग्वे २०१८ फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। उरुग्वेले समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई १–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो। यो समूहबाट लगातार दोस्रो जित निकालेको आयोजक रसिया पनि दोस्रो चरणमा पुगेको छ।
लगातार २ खेलमा हारसँगै साउदी अरेबिया समूह चरणबाटै बाहिरिएको छ। साउदी पराजित भएपछि इजिप्ट पनि बाहिरिएको छ। इजिप्ट पनि लगातार २ खेलमा पराजित भएको थियो। योसँगै विश्वकपबाट ३ टिम बाहिरिएका छन्। यसअघि समूह‘बी’ बाट मोरक्को बाहिरिएको थियो। अब समूह‘ए’को विजेताका लागि उरुग्वे र रसियाबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.