![]()
काठमाडौं ।प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार, संसदीय दल र पार्टीको कार्यवाहक प्रमुखको जिम्मेवारी तीन जनालाई दिनुभएको छ ।
उहाँले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ भने वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुर गएकाले नेपालले कार्यवाहक अध्यक्ष पाउनुभएको हो । नेपाल तेश्रो बरियतामा हुनुहुन्छ ।
नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता नेपाल बनेका छन् । त्यस्तै, नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ ।


