Breaking News.... EverestOnlineKhabar
August 19, 2026

अमेरिकालाई आप्रवासीको शिविर बन्न नदिने ट्रम्पको घोषणा, युरोपेली मुलुकको चर्को आलोचना

Loading

बीबीसी ।आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आफूले ‘आप्रवासीहरूको शिविर’ बन्न नदिने बताएका छन्। ह्वाइट हाउसमा उनले भने, “संयुक्त राज्य अमेरिका आप्रवासीहरूका लागि एउटा शिविर बन्ने छैन्।”

सप्ताहन्ततिर सार्वजनिक तस्वीरहरूमा आवश्यक कागजात नभएका बालबालिकाहरूलाई टेक्ससस्थित तारवार लगाइएको एउटा केन्द्रमा राखिएको देखिन्छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुखले त्यो अवस्था ‘स्वीकार गर्न नसकिने खालको भएको’ भन्दै ट्रम्प प्रशासनको नीतिको भर्त्सना गरेका छन।

सोमबार राष्ट्रपति ट्रम्पले भने, “हेर्नुस् युरोपमा के भइरहेको छ, अरू ठाउँहरूमा पनि के भइरहेको छ त्यो पनि हेर्नुस्, हामी अमेरिकामा त्यो हुन दिने छैनौँ।”

यसअघि ट्रम्पले लाखौँ आप्रवासीहरूलाई बसोबासको अनुमति दिएर युरोपेली देशहरूले ठूलो गल्ती गरेको बताएका थिए। खासगरी उनले जर्मन चान्सर एंगेला मर्केलको नाम तोकेरै आलोचना गरे।

आप्रवासीसम्बन्धी विषयका कारण जर्मनहरू आफ्ना नेताहरूको विरोधमा उभिन थालेको ट्रम्पको भनाइ छ। मर्केल आफ्ना आन्तरिक मामिलामन्त्रीसँग आप्रवासी मुद्दालाई लिएर मतभेदमा छिन्।

शरणका लागि अन्यत्र दर्ता भइसकेका आप्रवासीलाई अनुमति दिन नहुने पक्षमा आन्तरिक मामिलामन्त्री छन्। उनले यो महिनाको अन्त्यसम्ममा आप्रवासनसम्बन्धी इयुभरिको एउटा सम्झौता सुनिश्चित गर्न मर्केललाई समयसीमा दिएका छन्। त्यसो गर्न मर्केल विफल भए संवैधानिक व्यवस्था कायम राख्न आफूले जर्मनीको सीमामा कडाइ गर्ने उनले बताएका छन्।

व्यापक आलोचनाका बावजुद ट्रम्प प्रशासनले मेक्सिकोबाट गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने सन्दिग्ध आमाबुवालाई उनीहरूको सन्तानबाट अलग राख्ने आफ्नो नीतिको बचाउ गरेको छ।

ह्वाउट हाउसमा कडा प्रश्नोत्तर भएको पत्रकार सम्मेलनमा आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिश्चन नेल्सनले अमेरिकालाई समवेदना र मुटु भएको एउटा देशको रूपमा वर्णन गरिन्। ट्रम्प र कंग्रेसबीचको विवादमा आप्रवासी बच्चाहरूलाई अस्त्र बनाइएको भन्ने आरोपको नेल्सनले खण्डन गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.