Breaking News.... EverestOnlineKhabar
August 19, 2026

डा. देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली ! उपराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मको घुँइचो

Loading

काठमाडौं । दिवंगत बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि उपराष्ट्रपति र राजनीतिक दलका नेताहरुले अन्तिम विदाइ गरेका छन् ।

न्यूरो अस्पताल, बाँसबारीमा पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, सभामुख कृष्णबहादुर महरा, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपाका महासचिव विष्णु पौडेल, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतले श्रद्धाञ्जली दिएका छन् ।

श्रद्धाञ्जली दिन मंगलबार बिहानै सर्बसाधारण लगायत सरकारी उच्च पदस्थ व्यक्ति न्युरो अस्पताल पुगेका थिए ।


लामो समयदेखि पित्तको क्यान्सरबाट ग्रसित देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा ६५ बर्षको उमेरमा निधन भएको हो । उहाँ बेलायतमा उपचार गरेर फर्किएपछि बाँसबारीस्थित आफनै न्युरो अस्पतालमा उपचार गराइरहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.