Breaking News.... EverestOnlineKhabar
August 19, 2026

साउदी अरेबियाका खेलाडी चढेको विमानमा आगलागी

Loading

एजेन्सी,असार ।
विश्वकपका लागि जाँदै गरेका साउदी अरेबियाका खेलाडी तथा खेल पदाधिकारी चढेको विमानमा आगो लागेको छ । विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका खेलाडी चढेको विमानमा आगो लागेको हो ।
विमानको इन्जिनमा आगलागी भएको हो । तर खेलाडी तथा खेल पदाधिकारी र विमानका अरु सदस्य सुरक्षित रुपमा रोस्तोभ पुगेका छन् । साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ ।
विमानको इन्जिनमा आगो लागे पनि आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.