![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन । सोमबार प्रतिनिधिसभा बैठकमा उनले आफनो ६ दिने भ्रमण, भ्रमणका एजेण्डा र आफनो तयारीबारे जानकारी गराएका हुन ।संसदमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर चीनसँग सहमति र समझदारी गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्रीले एक चीन नीतिमा मुलुकको प्रतिबद्धता दोर्होयाउँदै चीनविरुद्धका कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर गर्न नदिने बताए । चिनियाँ राष्ट्रपति, चिनियाँ प्रधानमन्त्रीलगायतसँगको भेटमा नेपालको हित र दृष्टिकोणा राख्ने जानकारी दिंदै प्रधानमन्त्री ओलीले चिनियाँ लगानी नेपालमा भित्र्याउनेबारे, नेपालमा पर्यटन प्रबद्र्धन गर्नेबारे पनि छलफल हुने जानकारी दिए ।
चीन लामो समयदेखिको पुरानो मित्र भएको उल्लेख गर्दै ओलीले समस्यारहीत सम्बन्ध रहेको चीनले नेपाललाई सम्मान गरेको बताए । उनले आफ्नो भ्रमणले तीन वर्षअघिको भ्रमणमा भएको मित्रतालाई थप गाढा बनाउने जिकिर गरे । आफ्नो भ्रमणमा सहयोग, सहकार्य र लगानीको विषयमा कुरा जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व लिएपछि छिमेकीसँगको सम्बन्धलाई विशेष जोड दिइरहेको स्पष्ट पारे ।


