Breaking News.... EverestOnlineKhabar
July 9, 2026

Loading

काठमाडौ,असार ।
तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालले संगठनका आन्तरिक कार्यहरु स्थगित गरेका छन् । युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठनले आफ्ना छुट्टाछुट्टै गतिबिधि अगाडि नबढाउने निणय गरेको हो ।
युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले अबको लडार्इ विकास बिरोधी र बिकासका पक्षधर बिच हुने जिकिर गरे । उनले भनेः‘ विगतलार्इ सम्झदै हिजोका दिनमा वाइसिएल नेपाल र युवासंघ बिच जे जस्ता लडाइ भए अब बाट सबैमा पुर्णबिराम लागेको छ । अब देशकै दुइ शक्तिशाली भातृसंगठनहरू एकै ठाउँमा उभिएका छन । अब आम युवाहरूको भावनालाइ समेट्दै देशैभरी रहेका युवाहरूलाइ यस संगठनले संगठित गर्दै विकासमा लगाउने छ ।’
दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको वाईसीएलका नेताहरुले जानकारी दिएका छन् । संगठन विस्तारका लागि दुबै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको छ ।अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृसंगठनमा दुबै पार्टीका युवा नेता समावेश गर्नु पर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ ।
बैठकमा युवा संगठनले लिने रणनीति, पार्टी र सरकारको पनि समीक्षा गरेको छ । २०४७ जेठ १ गते गठन भएको युवासंघ नेपालको सस्थापन अध्यक्ष हालका प्रधानमन्त्री केपी शर्मा ओली थिए । त्यसैगरी वाइसिएल नेपालका अध्यक्ष गणेशमान पुन थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.