![]()
काभ्रे,असार ।
गएरातीको बाढी र पहिरोका कारण बीपी राजमार्ग बन्द भएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको लेदोले काभ्रेको रोशी गाउँपालिका–९, कालढुंगामा पहिरो खसेको हो । पहिरोले दुईतर्फकै सडक अबरुद्ध हुँदा शुक्रबार बिहान पाँच बजेदेखि नै आवागमन ठप्प भएको छ ।
काठमाडौंबाट पूर्व जाने गाडीहरु र पूर्वबाट काठमाडौं भित्रिने गाडीहरु सडकमै रोकिँदा यात्रु अलपत्र परेका छन् । प्रहरीले अबरुद्ध बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार, सडकमा आएको अवरोधबारे सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको छ भने प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको छ।


