Breaking News.... EverestOnlineKhabar
July 8, 2026

विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

Loading

एजेन्सी । रसियामा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलको उद्घाटन खेल रसियाले जित्ने एक बिरालोले अनुमान गरेको छ। श्रवणशक्ति गुमाएको एकिलिज नाम गरेको उक्त बिरालो सेन्ट पिटर्सवर्ग स्थित स्टेट हर्मिटेज म्युजियममा बस्ने गर्दछ। बिहीबारबाट हुने खेलको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया भिड्दै छन्।

खेलको अनुमानका लागी उक्त बिरालोलाई दुईवटा प्लेटमा विरालोले खाने खाना राखेर दिइएको थियो। एउटा प्लेटमा रसियाको झण्डा रहेको थियो भने अर्कोमा साउदीको झण्डा रहेको थियो। उक्त बिरालोले केहिबेरको हिच्किचाहटपछी रसियाको झण्डा भएको प्लेटको खाना खाएको थियो। उसले साउदीको प्लेटमा रहेको खानालाइ सुँघेर छोडेको थियो।

सेतो रङ्गको उक्त बिरालोमा अनुमान गर्न सक्ने तिक्ष्ण बुद्धि र असाधारण शक्ति रहेको संग्राहालयका कर्मचारी बताउछन्। गत वर्ष रसियामै भएको फिफा कन्फडेरेसन कपमा यो बिरालोले ४ मध्ये ३ खेलमा सहि अनुमान गरेको थियोे। एकिलिजलाइ विश्वकपका खेलहरुको अनुमान गर्न सहज होस भन्नका लागी भिडभाड भएको ठाउँमा लग्ने , क्यामेराका फ्ल्याससँग परिचित गराउने लगाएतका विभिन्न तालीमहरु दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.