![]()
एजेन्सी । बिश्वकप फुटबल बिहीबार सुरु हुँदैछ । नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा मस्कोस्थित लुज्निकी रंगशालामा आयोजक रसिया र साउदी अरेबियाबीच उदघाटन खेल हुनेछ । रसियाले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन। रसिया र साउदी अरेबिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्।
विश्वकप फुटबलको इतिहासमा उद्घाटन खेलमा कुनै पनि आयोजक टिम पराजित भएका छैनन्। २१ संस्करणका २२ आयोजक टिम मध्ये १५ टिमले पहिलो खेलमा जित हात पारेका छन्। यस्तै ६ टिम बराबरीमा रोकिएका छन्। रसियाले इतिहास दोहोर्याउला वा खराब इतिहास राख्ला त्यो हेर्न बिहीबार रातिसम्म कुर्नु पर्ने हुन्छ।


