Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते चीन भ्रमणमा निस्कने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले ओलीले ५ असारदेखि ६ दिन लामो चीन भ्रमण गर्ने जनाएको छ। ओली चीन भ्रमण सकेर असार १० गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ओलीको भ्रमणका बेलामा दुई देशका हितका विषयका कुराकानी हुने बताइएको छ। नेपाल चीन पारवाहन सम्झौता पोर्टोकलमा हस्ताक्षर हुने छ। ओलीले चीन भ्रमणमा काठमाडौं–रसुवागढी–केरुङ रेलमार्गका विषयमा पनि छलफल गर्नेछन्। ओली चीनको स्वशासित क्षेत्र ल्हासा पुग्ने कार्यक्रम समेत छ।

ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ लगायतका मन्त्रीहरु चीन जाँदैछन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, केही सांसदहरू र उच्च सरकार अधिकारीहरु समेत चीन जाने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.