Breaking News.... EverestOnlineKhabar
September 3, 2026

Loading

संखुवासभा,जेठ ।
संखुवासभाको तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्ष्य गरी अज्ञात समूहले सकेट बम विष्फोट गराएको छ।
प्रहरीका अनुसार मंगलबार राति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएका हुन्। कार्यालयभन्दा टाढै विस्फोट गराइएकाले कुनै क्षति भने भएको छैन। नौसय मेगावाट क्षमताको यो आयोजना गत वैशाख २८ गते मात्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा काठमाडौंबाट शिलान्यास गरेका थिए। बम पड्काउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि गत वैशाख १६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको पूर्वसन्ध्यामा कम्पाउन्ड वालमै बम विस्फोट गराइएको थियो। यी दुवै घटनाको जिम्मा अहिलेसम्म कसैले लिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.