![]()
काठमाडौं ।
नेपाल बिद्यार्थी संघले आफनो आन्दोलनलाई आक्रामक बनाउँदै मशाल जुलुस निकालेको छ । इन्धनको मूल्यवृद्धिको विरोधमा सडक संघर्ष गरिरहेको नेबिसंघले सोमबार देशभर मशाल जुलुस निकालेको हो ।
मूल्यबृद्धि फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने, औपचारिक अनौपचारिक वार्ता गर्ने, अन्तक्रिया गर्ने, सडकमा बिरोध गर्ने, सिठी जुलुस गर्ने लगायतका कार्यक्रम गर्दा पनि सरकारले बेवास्ता गरेपछि पूर्वनिर्धारित कार्यक्रम बमोजिम मशाल जुलुस निकालेको संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा नयाँबजार, गोंगबु, पुतलीसडक, चाबहिल, जाउलाखेल, भक्तपुरका बिभिन्न क्षेत्रमा मशाल जुलुस गरिएको उहाँले बताउनुभयो । केही स्थानमा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच मसाल तथा झण्डा खोसाखोस समेत भएको थियो ।
सरकारले मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने र यसलाई अझ सशक्त बनाउँदै लैजाने महामन्त्री सरोज थापाले जानकारी दिनुभयो ।


