Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौ,जेठ ।
जल तथा मौसम विज्ञान विभागले आगामी ५ दिन भित्र देशभरि नै मनसुन सक्रिय हुने जनाएको छ । नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने विभागको अनुमान छ । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए । जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई दिनअघि नै शुरू भएको छ ।
मौसमविद श्रेष्ठले भनेः‘मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा छ । मनसुन सुरु भएको एक साताभित्र देशभर सक्रिय हुन्छ ।’
नेपालमा साधारणतया जुन महिनादेखि सेप्टेम्बर महिनासम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । यस वर्षको मनसुनमा नेपालको अधिकांश भू–भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको मौसमविद श्रेष्ठले जानकारी दिए । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको करिब ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ ।
सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.